वित्तिय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम सम्पन्न

सदस्यसँगैं अन्धकारमुक्ति साकोस ः

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–पाल्पाले वित्तिय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालीकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले संविधानमानै सहकारीलाई, अर्थतन्त्रको तिन खम्वा मध्ये एक खम्वाको  रुपमा  परिभाषित गरेको  वताउदै  सहकारी विना अर्थतन्त्रलाई सु –.व्यवस्थीत तरीकावाट अगाडी बढाउन नसकिने भन्दै यसका लागी रम्भा गाउँपालिकाको तर्फवाट यस क्षेत्रका मानिसहरुको जिवनस्तर उकास्नका लागी सदा सहकारीसँग सहकार्य गर्न तत्पर रहेको कुरा जानकारी गराउनुभयो साथै सहकारीसँग सहकार्य गरी ब्याज अनुदानको यूवा स्वरोजगार कार्यक्रम पनि संचालन भै रहेको जानकारी गराउनुभयो । कार्यक्रममा रम्भा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ईश्वर काफ्लेले कार्यक्रमको शुभकामना दिदै यस वडाका विभिन्न कार्यक्रमहरुमा सहकारी सँग सहकार्य गर्दे अगडी वढ्ने जानकारी गराउनुभयो । त्यसै गरी जिल्ला वचत संघका अध्यक्ष एंव कार्यक्रमका प्रमुख प्रशिक्षक जगदिश भट्टराईले वित्तिय साक्षरता र सहकारीको महत्व माथि प्रकाश पार्दै समुदायमा छरिएर रहेको पुँजिलाई एकिकृत गरी त्यही ठाउँका  व्यक्तिहरुलाई विभिन्न पेशा, व्यवसाय, उत्पादन तथा उद्यमी वनाउनको लागी पँुजिको निमार्ण गरी स्वरोजगार वनाएर जिवनस्तर वृद्धि गर्न सहकारीको महत्वपूर्ण भुमिका हुने भन्दै यसको लागी स्थानिय तह र सहकारीविच समधुर सम्वन्धका साथै सहकार्य  गर्नुपर्ने वताउनुभयो ।

संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौड्लले  सस्थाको विभिन्न गतिविधिहरुको जानकारी गराउदै हाल सस्थामा १०,६३८ जना शेयर सदस्य, १ अरव ५ करोड वचत तथा १ अरव १० करोड लागानी र १७ करोडको विभिन्न कोष सहित कुल १ अरव ४६ करोड  वासलात रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमका अध्यक्ष सागर प्रसाद देवकोटाले सदस्यहरुको राय, सुझाव तथा जिज्ञासा मेटाउदै  वित्तिय साक्षरता र सहकारी शिक्षा मार्फत सदस्यहरुमा विभिन्न ज्ञान, सिप र क्षमतामा वृद्धि गराउदै  एक सभ्य समाज निर्माणको अभियान सहित  हाम्रा सम्पुर्ण कार्यक्रमहरु केन्द्रित रहेको वताउनुभयो कार्यक्रममा रम्भा गाउँपालिका १ र रामपुर नगरपालिका वडा नं १० का गरी १२५ जना सदस्य तथा व्याक्तिहरुको सहभागिता रहेको कार्यक्रमको  स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव ओम प्रकाश वस्यालले गर्नुभएको थियो कार्यक्रम रम्भा गाउँपालिका हुँगीको जनकल्याण माध्यमिक विद्यालयको सभाहलमा संचालन भएको थियो ।